२० बैशाख २०८१, बिहिबार

कृष्णप्रसाद सिटौलालाई केन्द्रीय सदस्यमा मनाेनीत गर्ने तयारी


कृष्णप्रसाद सिटौला

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्दैछ । बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

यस्तै पार्टी सभापति शेरबहादुर देउवाले निर्वाचन हारेका शिर्ष नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनय गर्ने तयारी भइरहेको छ । कृष्णप्रसाद सिटौलालाई पहिलो बैठकबाट केन्द्रीय सदस्यमा मनोनित गर्ने देउवाको तयारी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !