२२ बैशाख २०८१, शनिबार

माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी


हर्कबहादुर नेम्वाङ

काठमाडौं । माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ विजयी भएका छन् । स्रोतका अनुसार अध्यक्षमा नेम्वाङले १६९ मत ल्याएर विजयी भएका हुन्।

एक नेताका अनुसार उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । निर्वाचन समितिका अनुसार तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङ, देवान चाम्लिङ र शिवकुमार डाँगी विजयी भएका छन् । सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी भएका छन् ।

तीन सहसचिवमा कुमारी राई, सागर किराँती र ऋषिराम ढुंगाना विजयी भएका छन् । कोषाध्यक्षमा रेवतराज पुरी विजयी भए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !