१९ बैशाख २०८१, बुधबार

खुमबहादुरकी श्रीमती शिला खड्का काँग्रेस केन्द्रिय सदस्यमा निर्वाचित


शिला शर्मा खड्का

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) पदको मतपरिणाम सार्वजनिक भएको छ । काँग्रेस नेता खुमबहादुर खड्काकी श्रीमती शिला शर्मा खड्का लुम्बिनी प्रदेशवाट काँग्रेस केन्द्रिय सदस्यमा निर्वाचित भएकी छन् । उनले केन्द्रीय सदस्य (लुम्बिनी प्रदेश) महिलातर्फ २६७३ मत प्राप्त गरी विजयी भएकी छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गत मङ्सिर २७ गते दुई पदका लागि भएको मतदानको मङ्गलबार राति सार्वजनिक मतपरिणामअनुसार केन्द्रीय सदस्यमा देवेन्द्रराज कँडेल २७२७ तथा चन्द्रबहादुर केसी २२६७ मत प्राप्त गरी विजयी भएका छन् ।

यस्तै महेन्द्रकुमार शर्माले १७७३, लेखनाथ पोखरेलले १५२७, प्रदीपराज शर्माले ४२३ र बमबहादुर डिसीले २५२ मत प्राप्त गरेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । यस्तै रीता सेन ओलीले १४६३ र भगवती काफ्ले (भण्डारी) ले ४१४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !