५ जेष्ठ २०८१, शनिबार

आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर छु : महामन्त्री विश्वप्रकाश शर्मा


विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आजबाट प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । महामन्त्री शर्माले पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको बताएका हुन् ।

महामन्त्री शर्माले भने, “जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ । त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ । सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएका बेला सकेसम्म उपलब्ध भएँ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !