२२ बैशाख २०८१, शनिबार

निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक छ : कमल थापा


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको टिप्पणी गरेका छन् । यसरी निर्मल निवासको ठाडो हस्तक्षेपवाट राप्रपा अध्यक्षमा आफू हारेको भनेर पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आरोप लगाउदै आएका थापाको रुवाबासी अझसम्म रोकिएको छैन ।

सामाजिक संजाल ट्वीटरमा केही समयअघि लेख्दै उनले सडकमा अस्थिरता खडा गरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने निर्मल निवासको सोचाई गलत र प्रत्युत्पादक भएको बताएका हुन् ।

उनले राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो भएको पनि प्रष्ट पारेका छन् । बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन।

उनले लेखेका छन्, ‘राजनीतिक दल र आम जनताको बिश्वास नै राजसंस्था पुन:स्थापनाको एकमात्र बाटो हो । बिदेशी गुहारेर, दलको आन्तरिक मामिलामा हस्तक्षेप गरेर र राजनीतिक दलहरू विरुद्ध घृणा फैलाएर राजसंस्था फर्कदैन । सडकमा अस्थिरता खडागरेर राजसंस्था फर्काउन सकिन्छ भन्ने “निर्मल निवास”को सोचाई गलत र प्रत्युत्पादक छ ।’

कमल थापा ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !