२० बैशाख २०८१, बिहिबार

भीम रावलद्वारा एमालेको केन्द्रिय सल्लाहकार परिषद्को सदस्य पद वहिष्कार


भीम रावल

नेकपा एमालेले अध्यक्षमा पराजित भीम रावललाई केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाएपछि उनले कडा टिप्पणी गरेका छन्। नेता रावलले आफूलाई सोध्दै नसोधी पदको टीका लगाइदिनु आपत्तिजनक रहेको बताएका छन्।

उनले सामाजिक संजालमा लेख्दै भनेका छन्, “मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !