११ जेष्ठ २०८१, शुक्रबार

महामन्त्रीमा विजयीपछि विश्वप्रकाशले भने- कांग्रेस रुपान्तरणको यात्रा शुरु भयो


विश्वप्रकाश शर्मा

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।

जितपछि शर्माले यो एउटा व्यक्तिको, गुटको विजय नभई सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ भएको बताए ।

उनले फरक फरक विचार समूहमा रहेका सबै साथीहरुको मत प्राप्त गरेर जित्नु भनेको सिंगो कांग्रेसलाई सयौं थुंगा फूलका हामी एउटै माला नेपाली भने जस्तै भावनामा गाँस्नु बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !