१५ बैशाख २०८१, शनिबार

२५२० मत गन्दा गगनले पाए १६४८ मत, विश्वप्रकाश दोस्रो स्थानमा


गगन थापा, विश्वप्रकाश शर्मा

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तरगत आजदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ ।

निर्वाचन समितिका अनुसार २५२० मत गन्दा गगन थापाले सर्वाधिक मत पाएका छन् । गगन थापाले १६४८, विश्वप्रकाश शर्माले १०१९ मत ल्याएका छन् भने प्रदिप पौडेलले ७४६ मत प्राप्त गरेका छन् ।

प्रकाशशरण महतले ८२७, मीनेन्द्र रिजालले २७५, राजाराम कार्कीले ६४ मत ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !