२४ बैशाख २०८१, सोमबार

विज्ञप्तिनै जारी गर्दै निधिले मागे देउवालाई भोट


शेरबहादुर देउवा र विमलेन्द्र निधि

काठमाडौं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई मतदान गर्न अपील गरेका छन् ।

सभापति पदका उम्मेदवार निधिले मंगलबार एक विज्ञप्ति जारी गर्दै आफूलाई साथ दिने र मतदान गर्ने महाधिवेशन प्रतिनिधिलाई दोस्रो चरणमा हुने मतदानमा देउवालाई भोट हाल्न आग्रह गरेका हुन् ।

त्यस्तैगरी निधिले सोमबार भएको मतदानमा आफूलाई मत दिने सबै महाधिवेशन प्रतिनिधिमा धन्यवाद समेत ज्ञापन गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !