२२ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, पाँच अध्यादेश पेश गरिने


आजको प्रतिनिधिसभाको विशेष बैठक फाइल फोटो

काठमाडौँ । आज मंगलबारदेखि शुरु हुने संघीय संसद्को दशौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश-२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश-२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश-२०७८ पेश गर्नेछन् ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश-२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश-२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन बैठकको प्रारम्भमा हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !