२२ बैशाख २०८१, शनिबार

स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति उपमहासचिव गुरुङको असन्तुष्टि


पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । नेकपा एमालेका उपामहासचिव पृथ्वीसुब्बा गुरुङले केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नाम प्रस्तावप्रति असन्तुष्टि जनाएका छन् ।

गुरुङले स्थायी कमिटी र पोलिटव्यूरो गठनप्रति असन्तुष्टि जनाएका छन् । बैठकमा ओलीले नाम प्रस्ताव गरेपछि उनले असन्तुष्टि जनाएका हुन् ।

मापदण्ड नबनाएको र व्यक्तिगत निर्णय गर्दा धेरै नेताहरु समेत पोलिटव्यूरोमा छुटेको भन्दै गुरुङले असन्तुष्टि जनाएका हुन् । व्यक्तिगत रुपमा निर्णय लिनु गलत भएको भन्दै उनले सामूहिक निर्णय प्रणालीमा जानुपर्नेमा जोड दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !