२० बैशाख २०८१, बिहिबार

नेकपा एमालेले बनायो ४५ सदस्यीय स्थायी कमिटी (नामसहित)


नेकपा एमाले

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् ।

भक्तपुरमा बसिरहेको बैठकमा ओलीले १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम स्थायी कमिटी प्रस्ताव गरेका हुन् । स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरु घनश्याम भुसाल, गुरु बराल, सम्बन्धित खबर, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी र रघुजी पन्त रहेका छन्।

त्यस्तैगरी हिक्तम कार्की, शिवमाया तुम्बाहाङ्फे, थाममाया थापा, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम र शेरबहादुर तामाङ रहेका छन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !