१५ बैशाख २०८१, शनिबार

व्यवसायी दुर्गा प्रसाईलाई एमाले केन्द्रीय सदस्य बनाउने ओलीको प्रस्ताव


दुर्गा प्रसाईं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका छन् ।

गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा ओलीले प्रस्ताव गरेका नामहरूमा व्यवसायी दुर्गा प्रसाई, रमेश पौडेल, विशाल भट्टराई, ऐन महर, लालबाबु पण्डित लगायत ३९ जनाको नाम प्रस्ताव गरिएको स्रोतले बतायो । प्रस्तावित नाममाथि अहिले छलफल भइरहेको छ ।

एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !