२१ बैशाख २०८१, शुक्रबार

पौडेललाई भेट्न देउवा रातारात किन गए उनको निवास बोहराटार ?

पौडेल निवास पुगेर देउवाले भने- राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट नबाहिरिनुहोस्


शेर बहादुर देउवा र रामचन्द्र पौडेल फाइल फोटो

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पौडेल निवास बोहोराटार पुगेका छन् । पौडेललाई भेट्न प्रधानमन्त्री देउवा हिजो शनिबार राति पौडेल निवास पुगेका हुन् ।

भेटमा देउवाले पौडेललाई भने, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्यमा राम्रो ख्याल गर्नुहोस् ।’ पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।

महाधिवेशनमा प्रतिष्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउन पनि पौडेलले भनेको उनको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !