२४ बैशाख २०८१, सोमबार

काँग्रेसमा देउवाकै नेतृत्व आवश्यक रहेको बुढानीलकण्ठ बैठकको निष्कर्ष


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्व आवश्यक रहेको बुढानीलकण्ठ बैठकले निष्कर्ष निकालेको छ । काँग्रेसका सभापति देउवाले आफ्नो प्यानलवाट काँग्रेसको १४ औँ महाधिवेशनमा उम्मेदवार छनोटका बूढानीलकण्ठमा बोलाएको बैठकले सो निष्कर्ष निकालेको हो ।

कांग्रेसको संस्थापन समूहले अझै एक कार्यकाल सभापतिमा देउवा नै दोहोरिनुपर्ने निष्कर्ष निकालेको हो । देउवाको समूहबाट पनि पदाधिकारीमा धेरै इच्छुक देखिएकोले सोको निर्णय गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको छ ।

कांग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ । काँग्रेसले काठमाडौंको भृकुटीमण्डपमा यही मंसिर २४ गतेदेखि २७ गतेसम्म महाधिवेशन गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !