२१ बैशाख २०८१, शुक्रबार

कृष्णप्रसाद सिटौलालाई भेट्न रामचन्द्र पौडेल पुगे निवास


कृष्णप्रसाद सिटौला रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार कृष्णप्रसाद सिटौलालाई भेट गरेका छन् ।

उक्त भेटमा पौडेलले पार्टी सभापतिमा आफूलाई निर्वाचित गर्न सहयोग गर्न आग्रह गरेका थिए । जवाफमा सिटौलाले आफ्ना टीमका अरु नेताहरुसँग छलफल गरेर जवाफ दिने बताएका छन् ।

आफूपक्षीय नेताहरुसँगको छलफलको बीचमै निस्किएका पौडेलले पूर्वमहामन्त्री सिटौलालाई भेटेका हुन् । प्रकाशमान सिंह, डा. शेखर कोइराला र पौडेल सभापतिका आकांक्षी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !