१८ बैशाख २०८१, मंगलबार

कांग्रेस महाधिवेशनमा आउने प्रतिनिधि बस्न काठमाडौँमा ८६ होटेल बुकिङ


कांग्रेस महाधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आउने प्रतिनिधि बस्न काठमाडौँमा ८६ होटेल बुकिङ गरिएको छ । कांग्रेसको यही मङ्सिर २४ गतेदेखि सुरु हुने महाधिवेशनमा भाग लिन काठमाडौँ आएका महाधिवेशन प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ ।

राजधानीको सुन्धारा, ठमेल र गौशालामा प्रतिनिधिलाई बस्ने व्यवस्था गरिएको छ । हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

महाधिवेशनमा चार हजार ७०० प्रतिनिधि सहभागी हुने उनले बताए । “चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङको तयारी गरेका छौँँ”, पाण्डेले भने । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि भोजनको व्यवस्था गर्न लागेको छ ।

“अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा भोजनको व्यवस्था गरिएको छ”, संयोजक पाण्डेले भने । मङ्सिर २४ गते बेलुकादेखि २७ गते बेलुकासम्म भोजनको व्यवस्था गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !