२४ बैशाख २०८१, सोमबार

पदबहाली गर्दै लिङ्देनले भने- मेरो जीतमा निर्मल निवासको कुनै भूमिका छैन


राजेन्द्र लिङ्देन फाइल फोटो

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीतमा निर्मल निवासको कुनै भूमिका नभएको स्पष्टीकरण दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन प्रतिनिधिहरुको मतका आधारमा आफ्नो जीत भएको दावी गरे ।

अध्यक्ष लिङ्देनले महाधिवेशनबाट आएको नतिजालाई निर्मल निवाससँग जोड्नु दुःखद र आफ्ना नेता-कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधिको अपमान रहेको बताएका हुन् । अध्यक्षमा पराजित भएका कमल थापाले आइतबार ट्वीटमार्फत निर्मल निवासको हस्तक्षेपका कारण आफू हारेको आरोप लगाएका थिए ।

उनले राप्रपालाई एकताबद्ध बनाएर लैजाने पनि बताए । कमल थापा, पशुपतिशमशेर जबरा, प्रकाशचन्द्र लोहनीसहितका पार्टीका नेताहरुको अभिभावकत्वमा एकताबद्ध बनाएर आफू अघि बढ्ने उनले स्पष्ट पारे। यद्यपि लिङ्देनले पार्टी अध्यक्षको कोठामा पदबहाली गरेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !