२२ बैशाख २०८१, शनिबार

अब निर्वाचनको विकल्प छैन् : एमाले सचिव महासेठ


रघुवीर महासेठ

काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको आरोप लगाएका छन् । सचिव महासेठले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिए ।

उनले अहिले ताजा जनादेशको आवश्यकता औंल्याए । उनले एमालेले ताजा जनादेशको माग गरेको पनि स्मरण गराए । उनले भने, “अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ । त्यो माग हामीले गरिसकेका छौं । जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !