२३ बैशाख २०८१, आइतबार

५१ प्रतिशत मत नपुगेपछि बागमती कांग्रेस सभापतिमा पुनः मतदान


नेपाली कांग्रेस

हेटौंडा । सत्तारुढ दल नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुनः मतदान हुने भएको छ । पहिलो चरणमा भएको निर्वाचनमा सभापति पदका उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने भएको हो ।

स्रोतका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा इन्द्रबहादुर बानियाँले ९९२, जगदिश्वर नरसिंह केसीले ८७२ र भीमसेन दास प्रधानले १९७ मत पाएका छन् । अब दोस्रो चरणमा बानियाँ र केसीबीच पुनः निर्वाचन हुने छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !