२० बैशाख २०८१, बिहिबार

राप्रपाको महामन्त्रीमा दुई महिला थापा र शाहीको रोचक भिडन्त

राप्रपामा दुई महिला आमनेसामने


रेखा थापा र कुन्ती शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री पदमा दुई महिलाको रोचक भिडन्त हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनमा महामन्त्रीमा रेखा थापा र कुन्ती शाही आमनेसामने हुने भएका हुन् ।

पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको प्यानलबाट थापाले उम्मेदवारी घोषणा गरेकी हुन् । यसअघि राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी थापाले (महिलातर्फ) महामन्त्री पदमा लिङ्देनको प्यानलबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

केही दिनअघि लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा थापा उनको पक्षमा खुलेकी थिइन् । यसअघि राप्रपाको केन्द्रीय सदस्य समेत रहेकी थापाले राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको बताइन् ।

केही दिनअघि लिङ्देनले अध्यक्षको उम्मेदवारी दिँदा थापा उनको पक्षमा खुलेकी थिइन् । राप्रपामा युवा पुस्ताको नेतृत्वको खाँचो रहेकाले उम्मेदवारी दिएको रेखाले बताइन् ।

यस्तै पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका कमल थापाको प्यानलबाट (महिलातर्फ) महामन्त्री पदमा शाहीले उम्मेदवारी घोषणा गरेकी हुन् । शाहीले प्रचारप्रसार अघि बढाएकी छन् भने भोट माग्न थालेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !