२० बैशाख २०८१, बिहिबार

चुनावतर्फ केन्द्रीत हुन नेता कार्यकर्तालाई सभापति देउवाको निर्देशन


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

नेपाली काँग्रेसका सभापतिसमेत रहेका देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रीत हुन निर्देशन दिएका हुन् ।

बिहीवार काँग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले पार्टी भित्रको आन्तरिक चुनाव हुने हार, जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको बताए। उनले आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !