२२ बैशाख २०८१, शनिबार

सत्ता गठबन्धनको बैठक: विदा बसेर कार्यवाहक तोक्न प्रधानयायाधीशलाई सुझाव


सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

स्रोतका अनुसार बिहीबार बिहान बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !