६ बैशाख २०८१, बिहिबार

एमाले ओलीमय : निर्वाचनमा होमिएका रावल प्यानलका चारै नेता पराजित


केपी ओली, भीम रावल र घनश्याम भुसाल

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची अस्वीकार गरेर पदाधिकारीमा उम्मेदवार दिएका भीम रावल प्यानलका सबै नेता एमाले निर्वाचनमा पराजित भएका छन् ।

चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओली भारी मतले दोस्रो पटक निर्वाचित भएका छन् भने अध्यक्ष पदका अर्का उम्मेद्वार भीम रावल पराजित भएका हुन् ।

यस पटकको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा ओलीकै बर्चस्व कायम भएको छ भने रावलको प्यानल एकदमै कम्जोर सावित भएको छ । यसवाट के बुझिन्छ भने एमालेका अधिकांश पदाधिकारीहरुले ओलीलाई नै रोजेकोले एमालेमा ओलीको फेरि दबदबा कायम रहेको छ ।

एमालेको महाधिवेशनमा ओली प्यानल नै विजयी भएको हो । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् । एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६ मत प्राप्त गरेर सर्वाधिक मतसहित विजयी भएकी छन् भने उपाध्यक्षमा पराजित भएका घनश्याम भूसालले ७२५ मत मात्र ल्याएका छन् ।

६ उपाध्यक्षको कोटामा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् ।

यस्तै रावल प्यानलवाट सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

यो पनि पढ्नुहोस्

एमाले सचिवमा गोकर्ण विष्टले पाए सर्बाधिक मत

एमाले महाधिवेशन: भीम आचार्य र टंक कार्की सचिवमा पराजित

एमाले उपाध्यक्षमा शाक्य सर्वाधिक मतले विजयी, भुसाल पराजित

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले दोस्रो पटक निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !