१३ बैशाख २०८१, बिहिबार

एमाले महाधिवेशन: भीम आचार्य र टंक कार्की सचिवमा पराजित


भीम आचार्य

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची अस्वीकार गरेर पदाधिकारीमा उम्मेदवार दिएका भीम रावल प्यानलका सबै नेता एमाले निर्वाचनमा पराजित भएका छन् ।

नेकपा एमालेको १० औं महाधिवेशनमा केपी शर्मा ओली प्यानल नै निर्वाचित भएको छ । ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका सबै पराजित भएका छन् ।

सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !