एमाले उपाध्यक्षमा शाक्य सर्वाधिक मतले विजयी, भुसाल पराजित Nepalpatra एमाले उपाध्यक्षमा शाक्य सर्वाधिक मतले विजयी, भुसाल पराजित
११ माघ २०७८, मंगलबार

एमाले उपाध्यक्षमा शाक्य सर्वाधिक मतले विजयी, भुसाल पराजित


अष्टलक्ष्मी शाक्य

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरेकी छन् भने उपाध्यक्षमा पराजित भएका घनश्याम भूसालले ७२५ मत ल्याएका छन् ।

६ उपाध्यक्षको कोटामा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् । यद्यपि निर्वाचन आयोगले विजयी भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

साथै एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेद्वार भीम रावललाई हराएर ओली विजय भएका हुन् । ओलीले १८०८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिस्पर्धी रावलले २१३ मत प्राप्त गरे ।

यो पनि पढ्नुहोस्

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले दोस्रो पटक निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !