१४ बैशाख २०८१, शुक्रबार

भीम रावललाई मिलाउन ओलीलाई नेताहरुको सुझाव


केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका नेता युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले आइतबार बिहान अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

स्रोतका अनुसार सौराहास्थित ओली बसेकै होटलमा गएर शाक्य र ज्ञवालीले भीम रावललाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका हुन् ।

सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन् । जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै रावलसँग वार्ता गर्ने आश्वासन पनि दिएका थिए ।

स्रोतका अनुसार हिजो सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले पनि ओलीलाई भेटेर सहमतिका लागि दबाब दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !