१४ बैशाख २०८१, शुक्रबार

एमाले महाधिवेशन : सौराहास्थित होटेल सेभेन स्टारमा बन्दसत्र शुरु


बन्दसत्र

भरतपुर । नेकपा (एमाले) महाधिवेशनको बन्दसत्र शुरु भएको छ । चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि शुरु भएको हो ।

सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा जुटेपछि बन्दसत्र शुरु हुन ढिला भएको एमाले चितवनका जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् । पार्टी महासचिव ईश्वर पोखरेलले बन्दसत्रमा सहभागी प्रतिनिधिहरुलाई स्वागत गरेका छन् । बन्दसत्रमा विदेशी पाहुनाहरुले बोल्ने क्रम शुरु भएको छ ।

महाधिवेशनको बन्दसत्रमा मनोनीतसहित २२७५ जना प्रतिनिधि छन् । बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । सहमतिकै लागि विधान परिमार्जन गर्न गए राति सम्पन्न केन्द्रीय कमिटीको बैठकले दुई सय २५ सदस्यीयलाई ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव बन्दसत्रमा पेस गर्ने निर्णय गरेको थियो । एमाले महाधिवेशनको उद्घाटनसत्र नारायणी नदी किनारमा शुक्रबार शुरु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु