१४ बैशाख २०८१, शुक्रबार

हेलिकोप्टर चढेर प्रधानमन्त्री देउवा एमाले महाधिवेशनलाई सम्बोधन गर्न चितवन आउँदै


शेरबहादुर देउवा

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुभकामना दिन हेलिकोप्टर चढेर चितवन आउँदै छन् ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ्गका अनुसार मध्यान्ह १२ बजेर ४५ मिनेटमा प्रधानमन्त्री देउवा हेलिकोप्टर मार्फत् चितवन आउन लागेका हुन् । उनी काठमाडौंबाट हेलिकोप्टरमा भरतपुरस्थित प्रहरी शिक्षालयमा ओर्लिने छन् ।

नेकपा (एमाले) महाधिवेशनलाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्नेछन् । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो उनी फर्कनेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !