१४ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री देउवाले भने- गठबन्धनमा छलफल गरेर प्रधानन्यायाधीशबारे निर्णय लिन्‍छु


प्रधानमन्त्री देउवा बारका पदाधिकारीसँग

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश विवादबारे गठबन्धनमा छलफल गरेर निर्णय गर्ने बताएका छन् । नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटका क्रममा प्रधानमन्त्री देउवाले सर्वोच्च विवादबारे सत्ता गठबन्धनमा छलफल गर्ने बताएका हुन् ।

आजै बारको टोलीले प्रधानन्यायाधीशलाई हटाउनुपर्ने कारणसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले यसअघि संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !