२० बैशाख २०८१, बिहिबार

निर्वाचनमा पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाउने अध्यक्ष नेपालको घोषणा


माधव नेपाल

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने जनाएका छन् ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताएका हुन् । मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।

उनले चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने सुझाव दिए । उनले न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा पनि जोड दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !