२२ बैशाख २०८१, शनिबार

पाँच दलीय समन्वय समितिको निष्कर्ष : न्यायालयको विवादले छिटो निकास पाउनुपर्छ


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको समन्वय समितिले न्यायालयमा देखिएको विवादले छिटो निकास पाउनुपर्ने बताएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको समितिको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधको तत्काल निकास खोज्नुपर्ने बताएको हो ।

समन्वय समितिले न्यायालयको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ । राज्यको महत्त्वपूर्ण अंगको रुपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्नेगरी यथाशीघ्र निकास हुनुपर्ने निष्कर्ष निकाल्दै बैठकले सम्बन्धित सबैलाई छिटो निकास दिने दिशामा पहल गर्न आग्रह गरेको हो ।

पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउन समिति गठन गरिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा संयोजक रामचन्द्र पौडेलको अध्यक्षमा बैठक बसेको हो ।

आज बसेको उक्त बैठकमा प्रधानमन्त्री देउवा र पौडेलसहित नेताहरु प्रचण्ड, माधव कुमार नेपाल, कृष्ण प्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, डा बाबुराम भट्टराई, उपेन्द्र यादव, ज्ञानेन्द्र बहादुर कार्की, अशोक राई, चित्रबहादुर केसी, दुर्गा पौडेल र वेदुराम भुसालको सहभागिता रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !