२१ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीको आरोप: संसद विघटन बदरको फैसलामा सेटिङ रहेछ !


केपी ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन बदर गर्ने फैसला सेटिङमा गरेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले ले सर्वोच्चले सेटिङ मिलाएर अन्यायपूर्ण, असंवैधाानिक र अलोकतान्त्रिक फैसला गरेको आरोप लगाएका छन् ।

सोमबार विराटनगरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले संसद विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिँदा सर्वोच्चले राष्ट्रपतिको अधिकार प्रयोग गरेको बताए ।

उनले उक्त फैसला संविधान विपरीत भएको पनि जिकिर गरे । ओलीले न्यायालयले नै आफ्नो मर्यादा नराखेको बताए । उनले भने, “हामीले फैसला मानिदिएर मात्र हुँदैन इज्जत बढ्ने गरी फैसला गर्नुपर्छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !