१८ बैशाख २०८१, मंगलबार

ओलीको बाबुरामलाई प्रश्न- कहाँको आम्दानीले बेलायतमा छोरी पढाउनुभयो ?


डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कहाँको पैसाले छोरी मानुषीलाई बेलायतमा पढाएको भन्ने प्रश्न गरेका छन् ।

एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री डा. भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका हुन् ।

ओलीले भने, ‘महिनाको कमसेकम पाँच लाख खर्च हुने ठाउँमा कसरी छोराछोरी पढाउनुभएको थियो, भूमिगत हिन्दाखेरि कहाँको आम्दानीले? बाबुरामका छोराछोरी त बेलायत पढ्थे । हामी बेलायत जाने भिषा पाउँदैनथ्यौं। बाबुरामका छोराछोरीले भिषा पाउथे, के कारणले होला ?’

ओलीले बाबुरामकी छोरी बेलायतमा पढेकोमा प्रश्न उठाउदै कुन पासपोर्टबाट भिषा लागेको र कहाँ छोराछोरी पढाएको भन्दै बाबुरामलाई प्रश्न समेत गरेका छन् ।

‘बाबुरामका छोराछोरीले भिषा पाउँथे, के जादु होला,’ उनले भने, ‘एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरी, कुन पासपोर्टबाट जानुभएको र कहाँको भिषा लागेको थियो बाबुरामजी बताउनुस् त।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !