२२ बैशाख २०८१, शनिबार

गृहमन्त्री थापाद्धारा सुधार कार्य योजना सार्वजनिक


Ram Bahadur Thapa

१९ चैत, काठमाण्डौ । गृहमन्त्री रामबहादुर थापा बादलले आज ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना सार्वजनिक गरेका छन् ।

गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी उनले कार्ययोजना सार्वजनिक गरेका हुन् ।

जारी गरिएको कार्य योजनामा राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’ लाई प्राथमिकता दिएका छन् ।

ड्रोन उडान सम्बन्धी कार्यविधिमा परिमार्जन गरि कार्यान्वन गर्ने गरि योजना बनाइएको छ । ’प्रत्येक स्थानीय तहमा कम्तीमा एक प्रहरी इकाई रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गरिने छ’, सुधार योजनामा भनिएको छ ।

सार्वजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेटको नियन्त्रण गर्न समन्वयात्मक रुपमा विशेष कार्ययोजना ल्याउने तयारीमा मन्त्रालय रहेको छ ।

राष्ट्रिय परिचयपत्रको योजनालाई समेत कार्ययोजनामा समेटिएको छ । पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरबार भित्र कार्यरत ७ हजार कर्मचारीहरुलाई पाइलट प्रोजेक्टकोरुपमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने र पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारीमा सरकार रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !