१४ बैशाख २०८१, शुक्रबार

बालकृष्ण खाँणले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी


बालकृष्ण खाँण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिएका छन् । आज शुक्रबार एक साताका लागि बेलायतमा भ्रमणमा गएका प्रधानमन्त्रीले सो अवधिका लागि गृहमन्त्री खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पेका हुन् ।

हिजो विहीबार साँझ नै प्रधानमन्त्री देउवाले खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका हुन् ।

गृहमन्त्री खाणको सचिवालयले अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त नभएको जनाए । वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाँणलाई कार्यवाहक जिम्मेवारी पाएका छन् । वर्तमान मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाँणलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !