१४ बैशाख २०८१, शुक्रबार

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै, के निर्णय गर्ला त ?


केन्द्रीय कमिटीको बैठक फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

तामाङका अनुसार आज बस्न लागेको केन्द्रीय कमिटी बैठकले हिजो स्थायी कमिटीले तय गरेको मापदण्डलाई अनुमोदन गर्ने जानकारी दिए ।एमालेले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड तय गरेको छ ।

हिजो भएको सो पार्टीको स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका ७ लाख २१ हजार पार्टी सदस्यबाट १५३६ प्रतिनिधि छान्ने भएको तय गरेको थियो । बैठकमा स्थानीय तहका पार्टी कमिटीको अधिवेशनको समीक्षा पनि कार्यसूची राखिएको थियो ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले ३३ प्रतिशत महिलासहित समावेशीताका आधारमा सङ्घीय निर्वाचन क्षेत्रबाट प्रतिनिर्वाचन क्षेत्रमा १५०० पार्टी सङ्गठित सदस्य बराबर २ जना खुला र १ जना महिला चयन हुनेछन् ।

निर्वाचन क्षेत्रमा १५०० प्रतिनिधिभन्दा १००० सदस्य बढी भएपछि थप १ जना प्रतिनिधि थपिने र ३००० बढी सदस्य भए २ जना महिलासहित ६ जना प्रतिनिधि चयन हुनेछन् ।

महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट २६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट ११९६ र प्रवास क्षेत्रबाट २० र पार्टी निकट प्रत्येक जनसङ्गठनबाट ५ जना प्रतिनिधि चयन हुनेछन् ।

एमालेको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । चिवतनको नारायणगढस्थित नारायणी किनारमा उद्घाटन र पर्यटकीय क्षेत्र सौराहामा बन्द सत्र संचालन गर्ने तयारी एमालेले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !