१३ बैशाख २०८१, बिहिबार

यी हुन् बाग्मती प्रदेशमा बन्न लागेका नयाँ मन्त्रीहरु


कृष्ण खनाल, कृष्णलाल भँडेल र कुमारी मोक्तान

मकवानपुर । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुँदैछन् । पाण्डेले हिजो ५९ सांसदको समर्थनसहित मुख्यमन्त्री पदमा दावी पेश गरेका थिए ।

पाण्डेले काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) सहितका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । हिजो बुधबार मात्रै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएसँगै पाण्डे नयाँ मुख्यमन्त्री नियुक्ति हुन लागेका हुन् ।

बागमतीमा पाण्डे भोलि मुख्यमन्त्री बन्ने निश्चित भएसंगै अव को को नयाँ मन्त्रीहरु बन्दैछन् भनेर चासो बढेको छ । पहिलो चरणमा मुख्यमन्त्रीमा पाण्डेसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने भएको छ ।

मुख्यमन्त्रीमा पाण्डेसँगै कांग्रेस स‌सदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान र नेकपा (एस) का उपनेता कृष्ण खनाल मन्त्री बन्ने बुझिएको छ । कांग्रेस बागमती प्रदेशसभा एक सदस्यका अनुसार मन्त्रालय भागवण्डाको विषयमा पनि टुंगो लागिसकेको उनले बताए ।

उनका अनुसार मन्त्री र मन्त्रालयको विषय पनि टुङ्ग्याइसकेकोले आज मुख्यमन्त्री पाण्डेसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार हुने उनले बताए । नयाँ बन्न लागेको मन्त्रिमण्डलमा माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार र नेकपा एकीकृत समाजवादीले सामाजिक विकास मन्त्रालयमा पाउने स्रोतले जानकारी बताएको छ ।

अन्य मन्त्रालयमा टुंगो भने मुख्यमन्त्रीले संसद्‌मा विश्वासको मत लिएपछि लाग्ने बताइएको छ । तिहार लगत्तै मुख्यमन्त्रीले विश्वासको मत लिने र सरकार विस्तार गरिने बुझिएको छ ।

बागमती प्रदेशमा हाल रहेका ८ वटा मन्त्रालयमा गठबन्धन दलबीच भागबण्डा मिलाउन मन्त्रालय फुटाएर ११ अथवा १३ मन्त्रालय बनाउने विषयमा छलफल जारी रहेको बुझिएको छ । १३ मन्त्रालय बनाउँदा कांग्रेस र माओवादीले ५/५ वटा मन्त्रालय लिने र समाजवादीलाई ३ मन्त्रालय दिने विषयमा गठबन्धनबीच आपसी समझदारी भएको छ ।

गठबन्धनमा भएको सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

यो पनि पढ्नुहोस्

बाग्मती प्रदेशमा राजेन्द्र पाण्डे आज मुख्यमन्त्री नियुक्त हुँदै

बाग्मतीमा ५९ सांसदसहित राजेन्द्र पाण्डेले गरे मुख्यमन्त्रीमा दावी पेश

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले दिइन् राजीनामा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !