७ बैशाख २०८१, शुक्रबार

आलोपालो सरकारको नेतृत्व : वाग्मतीमा पहिला पाण्डे र पछि बानियाँ मुख्यमन्त्री बन्ने


इन्द्रबहादुर बानियाँ र राजेन्द्र पाण्डे

काठमाडौं । संघीय सरकारमा सत्ताको लागि भागबण्डा गरेर गठबन्धनमा रहेका नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) दलले प्रदेश सरकारमा पनि सत्ताको लागि मोलमोलाई गर्न छोडेका छैनन् । सत्ता सहकार्यको उद्धेश्य जताततै बाडीचुडी खाने रणनीति देखिन्छ ।

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सत्ताको लागि राजनीति गरेको भनेर कुरा कटुआलोचना गरेका तिनै दलका नेताहरु अहिले सत्ताको लागि लुछाचुडी गरिरहेका छन् । हेर्दा लाग्छ उनीहरु जनताको लागि होइन सत्ताको लागि मात्र राजनीति गरेजस्तो छर्लंग देखिएको छ ।

प्रदेशमा राजनीतिक भागबण्डा र आलोपालो गरेर सरकारको नेतृत्व गर्ने सहमति गर्दै सत्ता गठबन्धनका दलहरु व्यस्त छ । देशको विकास र जनताको जीवनस्तर उठाउने बारेमा सोच्ने उनीहरुलाई पटक्कै फुर्सद छैन ।

वाग्मती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएको छ । वाग्मतीमा विपक्षी गठबन्धनमा आबद्ध दलका नेताहरूको आज बसेको बैठकले नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरेको हो ।

यस्तै बागमतीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति पनि जुटेको छ । एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच यस्तो सहमति भएको हो ।

मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको प्रस्तावमाथि प्रक्रिया जारी रहेको छ । यसअघि बुधबार बेलुका काठमाडौंमा गठबन्धनका शीर्ष नेताबीच यस्तो सहमति भएको हो ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आधा काँग्रेसको इन्द्र बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।

यसअघि बागमतीको मुख्यमन्त्रीमा नेपाली काँग्रेस बागमतीको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि सत्ता गठबन्धनवीच नै किचलो उत्पन्न भएको थियो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा असोज २१ गते बिहिबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठकले बागमती प्रदेशमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति भएतापनि काँग्रेसले बानियाँले पनि मुख्यमन्त्रीमा दाबी गरेपछि किचलो उत्पन्न भएको थियो ।

काँग्रेस बागमती प्रदेशको संसदीय दलको असोज २४ गते आइतबार हेटौंडामा बसेको बैठकले प्रदेश सरकारको नेतृत्व काँग्रेसले गर्नुपर्ने भन्दै मुख्यमन्त्रीमा नेता बानियाँलाई अगाडि सार्ने निर्णय गरेको थियो ।

उक्त बैठकले नेता बानियाँलाई सरकार गठनका लागि गठबन्धनमा आवद्ध दलहरूसँग छलफलको जिम्मेवारी पनि सुम्पिएको थियो । हाल बागमतीमा अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री रहेको एमाले सरकार अल्पमतमा भएकोले विश्वासको मत नपाउने निश्चित जस्तै छ ।

यो पनि पढ्नुहोस्

अन्तत: वाग्मतीमा राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति

बागमतीमा गठबन्धनवीच नै किचलो : काँग्रेसका बानियाँले पनि गरे मुख्यमन्त्रीमा दाबी

प्रदेश १ र प्रदेश ३ मा दुई भाई राजेन्द्रलाई मुख्यमन्त्री बनाउने गठबन्धनमा सहमति

वाग्मती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले दाबी पेश गर्ने

वाग्मती नेकपा (एस) दलको नेतामा पाण्डे चयन : मुख्यमन्त्री बन्ने ढोका खोलियो

एकीकृत समाजवादीद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा

मुख्यमन्त्री अष्टलक्ष्मी अल्पमतमा, एमालेका १२ सांसद नेकपा (एस) मा प्रवेश

आफूलाई धोका दिएकी अष्टलक्ष्मीलाई हटाएर राजेन्द्रलाई मुख्यमन्त्री बनाउने नेपालको रणनीति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !