७ बैशाख २०८१, शुक्रबार

ओलीले भागबण्डा मिलाइ दिएपछि प्रभु साह एमालेमै सक्रिय हुने


केपी शर्मा ओली र प्रभु साह

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) मा रहेर पनि अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भइ निष्क्रिय भएर बसेका नेता प्रभु साह अब एमालेमै सक्रिय हुने भएका छन् । अस्ति शुक्रबार समापन भएको एमाले स्थायी कमिटी बैठकले उनीनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएपछि उनी पुनः सक्रिय हुन लागेका हन् ।

माओवादी त्यागेर एमालेका रहेका साह अध्यक्ष केपी शर्मा ओली वीचको सम्बन्ध चिसिदै आएको थियो । सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा ओलीसँग साहको मतभेद बढेको थियो ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खेदो खन्दै आएका प्रभु साह पुरानै घर माओवादीमा फर्किने भित्रभित्रै तयारी गरिरहेको जस्ता समाचारहरु पनि बाहिर आएका थिए ।

विगतमा प्रचण्डको चर्को आलोचना गर्दै आएका साहले ‘प्रचण्डमुक्त’ देश बनाउने घोषणा समेत गर्न भ्याएका थिए । माओवादी केन्द्रले उनीसहित माओवादी छोडेर नेकपा एमालेमा लागेका तत्कालिन ४ जना मन्त्रीलाई सांसदबाट हटाएको पत्र संघीय संसद् सचिवालयमा बुझाएपछि उनी धेरै आक्रोशित भएका थिए ।

स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकोमा एमालेका उपाध्यक्ष भीम रावलले सो निर्णयको विरोध गर्दै १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका थिए । प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताएका थिए ।

शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेपछि रावलले प्रभु साहलाई खुसी पार्न पार्टीको अपानी विपरित स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णय भएको भन्दै बैठकपछि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए ।

तर साह एमाले अध्यक्ष ओलीसंगै आजदेखि शुरु गर्ने झापा र मोरङ कार्यक्रममा गएका छन् । नेताहरु सुवास नेम्वाङ, लेखराज भट्टसहित साह पनि कार्यक्रममा सहभागी छन् । सत्ता गठबन्धनका साथै जुनसुकै पार्टीमा पनि पदको भागबण्डाको राजनीति हावी भएको छ ।

नेपाली राजनीतिक दलका नेताहरुमा नैतिकताको कुनै मूल्य हुँदैन । जे होस् नेपालका राजनीतिक दललाई त्यसका नेताहरुले बेइज्वत गर्दै आएका छन् भने नेताहरुप्रति जनताको बितृष्णा दिन-प्रतिदिन बढ्दो छ ।

यो पनि पढ्नुहोस्

प्रभु साहलाई खुसी पार्न एमालेमा दुई जना केन्द्रीय सदस्य थपिए

प्रचण्डको खेदो खन्दै आएका प्रभु साह पुरानै घर माओवादीमा फर्किने !

एमालेमा फेरि भाडभैलो : भीम रावलले दिए कार्यदल संयोजकबाट राजीनामा

१० बुँदेबारे ओलीको अभिव्यक्तिप्रति रावल र भुसालले जनाए कडा आपत्ति

एमाले छोड्दै प्रभु साह, नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा

एमालेको विधान महाधिवेशनमा प्रभु साह समूह नजाने

प्रभु साह एमालेमा बस्न नचाहेपछि….

सांसदबाट पदमुक्त गरेपछि प्रचण्डसँग प्रभु साह भए यत्तिसम्म आक्रोशित

माओवादी छोडेर एमालेमा लागेका ४ मन्त्रीको सांसद पद च्वाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !