४ बैशाख २०८१, मंगलबार

प्रभु साहलाई खुसी पार्न एमालेमा दुई जना केन्द्रीय सदस्य थपिए


एमाले स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा दुई जना केन्द्रीय सदस्य थपिएपछि फेरि भाडभैलो मच्चिएको छ । यद्यपि स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकोमा एमालेका उपाध्यक्ष भीम रावलले सो निर्णयको विरोध गर्दै १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।

आज शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले प्रभु साहलाई खुसी पार्न पार्टीको अपानी विपरित स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णय भएको भन्दै बैठकपछि सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् । प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।

यो पनि पढ्नुहोस्

एमालेमा फेरि भाडभैलो : भीम रावलले दिए कार्यदल संयोजकबाट राजीनामा

१० बुँदेबारे ओलीको अभिव्यक्तिप्रति रावल र भुसालले जनाए कडा आपत्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु