१५ बैशाख २०८१, शनिबार

एमालेमा फेरि भाडभैलो : भीम रावलले दिए कार्यदल संयोजकबाट राजीनामा


भीम रावल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा फेरि भाडभैलो मच्चिएको छ । एमालेका उपाध्यक्ष समेत रहेका भीम रावलले पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिएका छन् ।

रावलले आज शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएका हुन् । उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत राखेका छन् ।

रावलले पार्टी स्थायी समिति बैठकले गरेका केही निर्णयप्रति फरक मत राखे राख्दै दुई केन्दीय सदस्य नियुक्त गरेको भन्दै उनले असन्तुष्टी पनि जनाएका छन् ।पार्टी अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशामा अघि बढेको आरोप पनि लगाए ।

प्रभु साहलाई खुसी बनाउन स्थायी कमिटी बैठकले दुई जनालाई केन्द्रीय सदस्यमा बनाउने निर्णयमा आफ्नो विमति रहेको उनले बताए । प्रभु साहले भनेको भरमा राख्नु विधिसम्मत निर्णय नभएको रावलले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !