२४ बैशाख २०८१, सोमबार

मन्त्री बिना मगरले भनिन्, ‘प्रदेश नम्बर ७ ले स्यावासी पाउने गरी काम गर्छु’


Bina Magar

१७ चैत, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले कञ्‍चनपुरका मतदाता तथा प्रदेश ७ ले नै स्यावासी पाउँने गरी काम गर्ने बताएकी छन् ।

शनिबार कञ्‍चननपुरमा गरिएको कार्यक्रममा मन्त्री मगरले प्रदेश ७ को प्रतिनिधित्व गर्दै सरकारमा गएकाले खानेपानी मन्त्रालयवाट हुने राम्रा कामको श्रेय समग्र प्रदेशले पाउने बताएकी हन् ।

मन्त्रालय ‘महिला दिदीबहिनीसँग प्रत्यक्ष जोडिएकाले खानेपानीका लागि धेरै समय खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्ने छु’ मन्त्री विनाले भनिन् ।

मन्त्री मगरले सबै नेपालीलाई शुद्ध र स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यका साथा सरकारले काम गर्ने बताइन् । `खानेपानी मन्त्रालयलाई हेर्ने राज्यको विगतको दृष्टिकोणमा सुधार गर्नुपर्ने देखिन्छ,´ उनले भनिन् `सरकारको आगामी नीतिमा खानेपानीलाई प्राथमिकतामा राख्ने पहल गर्छु ।´


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !