२४ बैशाख २०८१, सोमबार

आगामी चुनावमा जसपासँग गठबन्धन हुँदैन : वरिष्ठ नेता महतो


राजेन्द्र महतो

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आगामी चुनावमा जनता समाजवादी पार्टीसँग गठबन्धन नगरिने बताएका छन् । हमतोले जसपाले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम गरेको भन्दै आगामी निर्वाचनमा गठबन्धन गर्न नसकिने दावी गरेका छन् ।

सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरुले एकता गरेर बलियो पार्न खोजे पनि उपेन्द्र यादवहरुले निर्वाचन आयोगमा गएर फुटाइदिएको आरोप लगाए ।

उनले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !