१९ बैशाख २०८१, बुधबार

विधान महाधिवेशन समापन समारोहमा ओलीले भने- विरोधीहरू म बाँचेको देखेर चिन्तित छन्


केपी शर्मा ओली बिधान महाधिवेशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीहरू आफू बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित भएको कटाक्ष गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनको समापन समारोहलाई सम्बोधन गर्दै ओलीले आफ्ना विरोधीहरु यी वटा कुराले चिन्तित भएको टिप्पणी गरेका हुन् ।

आइतबार विधान महाधिवेशनमा प्रस्तावहरूमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले पार्टीमा नेतृत्व स्थापित नहोस् र झगडा होस् भन्ने सोचेर व्यक्तिको देवत्वकरणको हल्ला चलाइएको टिप्पणी समेत गरेका हुन् । अध्यक्ष ओलीले आफूमाथि देवत्वकरण गरेको हल्ला चलाएर भ्रम फिँजाएको पनि ओलीले आरोप लगाए ।

उनले नास्यत बहुनायक भन्ने संस्कृत श्लोक सुनाउँदै नायकै नायकको बीचमा आफू नेतृत्वमा स्थापित भएको बताए । विगतमा पनि मदन भण्डारीमाथि यस्तै प्रहार हुने गरेको र पुष्पलाललाई महाधिवेशन गर्न समेत नदिइएको भन्दै ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको उनले बताए ।

ओलीले बहुमतमा पुर्‍याएर यस्तो-उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्‍याएर छाड्ने बताए । ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने दावी गर्दै एमालेलाई कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !