२२ बैशाख २०८१, शनिबार

अध्यक्षमा दावेदार ५ जना विद्यार्थी नेता माओवादीको केन्द्रीय सदस्य


अखिल क्रान्तिकारी

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्षमा दावी ५ जना विद्यार्थी नेता नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

विद्यार्थी नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम अधिकारी, दिपक देवकोटा र विजय गौतम माओवादी केन्द्रको केन्द्रीय सदस्य भएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष बन्न नपाएका यी ५ जनालाई केन्द्रको केन्द्रीय सदस्य बनाउने सहमागी भएको एक नेताले जानकारी दिए। माओवादी केन्द्रले विधानमै ४० वर्ष उमेर नकटेका २० प्रतिशत युवालाई केन्द्रीय समितिमा थप गर्ने जनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !