२० बैशाख २०८१, बिहिबार

नेकपा एमालेमा उपमहासचिव पद नै खारेज


एमालेको प्रथम विधान महाधिवेशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव गरेको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको छ ।

बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ । एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गर्दै अब उपमहासचिव पद खारेज हुनेछ भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् ।

यसअघि केन्द्रीय कमिटीमा प्रस्तुत विधान संशोधन मस्यौदामा ३ उपाध्यक्ष मात्र रहने व्यवस्था थियो । । यसअघि उपमहासचिव २ जना राख्ने प्रस्ताव थियो भने अहिले उपमहासचिव पद नै खारेज गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !