२५ बैशाख २०८१, मंगलबार

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल


बेदुराम भुसाल फाइल फोटो

काठमाडौं । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) को महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको स्रोतले बतायो ।

केन्द्रीय कमिटी बैठकमा सचिवालयले जुटाएको सहमति प्रस्ताव पेस हुने र महासचिव घोषणा हुने एक नेताले जानकारी दिए। महासचिव बन्न भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !