१२ बैशाख २०८१, बुधबार

देउवाले बालुवाटारमा बोलाएको सत्तारुढ गठबन्धनको बैठक जारी


सत्ता गठबन्धनको बैठक फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । मन्त्रिपरिषद्को बैठक सकिएलगतै साँझ साढे ६ बजेदेखि गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।

उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति रहेको छ ।

देउवा सरकारले ओली सरकारले राजनीतिक नियुक्तिका आधारमा नियुक्त गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले देउवा सरकारको यो निर्णयसंगै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हेरेको हेर्‍यै भएका छन् ।

जारी सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रिपरिषद् विस्तार लगायतका एजेन्डामा छलफल हुने बताइएको छ । साथै ओलीले नियुक्त गरेका सवै राजदूतलाई फिर्ता बोलाउने गरेको निर्णयसंगै अव कस-कसलाई राजदूतको पठाउने भन्ने बारेमा पनि छलफल हुनसक्ने आंकलन गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

*देउवाले बचाए खुस्किन लागेको आफ्नै सासूको राजदूत पद

देउवा सरकारद्वारा ओली सरकारले नियुक्त गरेका सबै राजदूतको पद चट्

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका पाँच महत्वपूर्ण निर्णयहरु

देउवा सरकारको निर्णय : दुईवटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने

राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने देउवा सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !