७ बैशाख २०८१, शुक्रबार

देउवा सरकारको निर्णय : दुईवटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले दुई वटा महत्वपूर्ण विधेयक संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ र ‘औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक, २०७८’ संघीय संसदमा पेश गर्ने निर्णय सरकारले गरेको हो ।

देउवा सरकारले राजनीतिक नियुक्ति पाएका सबै राजदूतलाई फिर्ता बोलाएको छ । सरकारको यो निर्णयसँगै २०७३ सालमा शेरबहादुर देउवाले नियुक्त गरेका उनकी सासू प्रतिभा राणासमेत फिर्ता हुने भएकी छन् ।

यो पनि पढ्नुहोस्

राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने देउवा सरकारको निर्णय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !